आ.व. २०८३/०८४ अन्तर्गतका लागि सवारी पार्किङ्ग शुल्क खाँदबारी नगरपालिका वडा नं. १ स्थित खाँदबारी बसपार्क सञ्चालन कार्यको सिलबन्दी दरभाउपत्र पेस गर्ने बारेको सूचना ।

"समृद्ध खाँदबारी नगर
खाँदवारी नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
खाँदवारी, सङ्‌खुवासभा
कोशी प्रदेश, नेपाल ।
आ.व. २०८३/०८४ अन्तर्गतका लागि सवारी पार्किङ्ग शुल्क खाँदबारी नगरपालिका वडा नं. १ स्थित खाँदबारी बसपार्क सञ्चालन कार्यको सिलबन्दी दरभाउपत्र पेस गर्ने बारेको सूचना ।
(प्रथम पटक प्रकाशित मिति २०८३/०६/०७ गते)
खांदबारी नगरपालिका, नगरकार्यपालिकाको मिति २०८३/०६/०६ गतेको निर्णयानुसार ऐन, २०७४ को दफा ६० बमोजिम यस नगरपालिकाको वडा नं. १ स्थित खाँदबारी बसपार्क आ. व. २०८३/०८४ नर्णयानुसार स्थानीय सरकार सञ्चालन अन्तर्गतका लागि बढाबढमा दरभाउपत्र ठेक्का बन्दोबस्त गर्नुपर्ने भएकोले सूचना प्रकाशित गरिएको छ। यो सूचना प्रकाशन भएको मितिले ७ (सात) दिनभित्र देहायको शर्तहरुको अधिनमा दरभाउपत्र पेस गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
देहाय :
क्र.सं.
आय ठेक्का नं.
सवारी पार्किङ्ग शुल्कको नाम र क्षेत्र
बढाबढको लागि न्यूनतम बार्षिक ठेक्का अचू
कैफियत
KMO-KVP-
01-2083/084
खाँदबारी नगरपालिका वडा नं. १ स्थित सवारी पार्किङ्ग शुल्क
(खाँदबारी बसपार्क सञ्चालन कार्य)
१.
रु ४,२५,०००/-
(अक्षरेपी चार लाख पच्चिस हजार मात्र)
शर्तहरु :-
१. दरभाउपत्र साथ निवेदन, नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि, स्थायी लेखा नम्बर, मूल्य अभिवृद्धि कर, कम्पनी रजिष्ट्रारको कार्यालय तथा यस कार्यालयमा दर्ता भई नविकरण भएका फर्म, कम्पनी, संस्थाहरुले दरभाउपत्र साथ निवेदन, नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी आदी र रु. १,०००।- (अक्षरेपी एक हजार मात्र) यस नगरपालिकाको राजश्व उपशाखामा बुझाएको नगदी रसिद संलग्न भएको हुनुपर्नेछ ।
२. दरभाउपत्र सूचना प्रकाशित भएको मितिले सातौँ दिनको ठीक ५:०० वजे भित्रमा दरभाउपत्र फारम खरिद गरी सक्नुपर्नेछ । आठौँ दिनको १२:०० बजे भित्र दरभाउपत्र फारम पेस गरिसक्नुपर्नेछ । रितपूर्वक पेस भएका दरभाउपत्रहरु सोहि दिनको २:०० बजे दरभाउपत्र पेसकर्ताहरुको उपस्थितिमा खोलिनेछ । दरभाउपत्र पेसकर्ताहरु उपस्थित नभए पनि दरभाउपत्र खोल्न बाधा परेको मानिने छैन ।
३. दरभाउपत्र कुनै कारण जनाई वा नजनाई स्वीकृत वा अस्वीकृत वा आंशिक स्वीकृत गर्ने सर्वाधिकार नगरकार्यपालिकाको कार्यालयमा निहित रहनेछ ।
४. दरभाउपत्र पेस गर्नेले यस न.पा. मा बुझाउनुपर्ने सम्पूर्ण कर, दस्तुर, महशुल, सेवा शुल्क आदि बुझाई सकेको र नगरपालिकालाई कुनै तिर्नु बुझाउनुपर्ने बाँकी बक्यौता भएको हुनुहुदैन । त्यस्तो कुनैपनि बक्यौता बाँकी रहेकोले दरभाउपत्र पेस गरेको भए बदर गरिनेछ ।
५. दरभाउपत्र स्वीकृत भएको ७ (सात) दिनभित्र सम्बन्धित ठेक्का सम्झौता गरी सक्नुपर्नेछ। ठेक्का सम्झौता गर्दा कवोल अङ्ग वरावरको नगद, QR वा चेकबाट रकम बुझाउनुपर्नेछ ।
६. दरभाउपत्र दाताले कवोल रकमसाथ खाँदबारी नगरपालिका स्थित राष्ट्रिय वाणिज्य वैङ्ग लि., खाँदबारी शाखामा रहेको खाँदबारी नगरपालिकाको कार्यालयको धरौटी खाता नं. २०८०१००३०३०००००२ मा बार्षिक कवोल अङ्गको २.५ (दुई दशमलव पाँच प्रतिशत) ले हुन आउने धरौटी रकम वापत् जम्मा गरेको सक्कलै भौचर वा नेपाल राष्ट्र वैङ्गबाट मान्यता प्राप्त वाणिज्य वैष्त्र "क" वर्गको वैङ्कहरुबाट यस कार्यालयको नाममा नियमानुसार जारी गरिएको १२० (एक सय विस) दिनको मान्य अवधि भएको वैष्व जमानत (बिडबण्ड) धरौटी स्वरुप पेस गर्नुपर्नेछ ।
यस कार्यालयको फोन नं. ०२९-५६०१४१,१२१,२५०,२५४,४४१ फ्याक्स: ०२९-५६०१४१,२५४ वेभसाइट: www.khandbarimun.gov.npइमेल khandbari.mun@gmail.com