FAQs Complain Problems

नगर प्रमुखको सन्देश

सूचनाको हक सम्बन्धी ऐन तथा नियमावली बमोजिम सूचना प्रवाहको व्यवस्था भए अनुरुप नगरबासी आम नागरिकहरु लाई सरल, सहज र विश्वसनीय सूचनाको पहुंच बृद्धि गर्दै नागरीकहरुको सूचनाको हकको प्रत्याभुती गराउने उद्देश्यले यस नगरपालिका संग सम्वन्धित सूचनाहरु यो वेब साईटमा राखिएको छ । नयाँ नयाँ सूचना तथा जानकारीहरु यथा समयमा यस वेब साईटमा राखी यस लाई अध्यावधिक गर्दै लगिने कुरा पनि सम्बन्धित सबै महानुभावहरु लाई विश्वास दिलाउन चाहान्छु । यो वेब साईटको माध्यमबाट आम नगरबासी आमा-बुवा, दाजु-भाई, दिदि-बहिनी तथा सम्वन्धित सरोकारवालाहरु माझ नगरपालिकाले सम्पादन गरेका बिकास निर्माण तथा सेवा प्रवाह सँग सम्वन्धित काम कारवाहीहरुको जानकारी समयमै पुर्याई सुशासनको प्रत्याभूति गराउने यस प्रयासले हाम्रा सम्वन्धहरु थप सुमधुर र प्रगाढ हुँदै जाने कुरामा विश्वस्त छु । समसामयीक सूचना तथा जानकारीका अतिरिक्त यस वेब साईट मार्फत नगरपालिकाको तथ्याङ्किय विवरणहरु, बार्षिक नगर विकास योजना, नगरपरिषदले चालु तथा आगामि आ.व. को पारित गरेको कर तथा दस्तुरका दरहरु, नागरिक बडापत्र, मासिक/चौमासिक/वार्षिक प्रगति प्रतिवेदनहरु, मासिक आय व्यय विवरण, सामाजिक परिचालन गतिविधिहरु आदि समावेस गरि निरन्तर अद्यावधिक गर्दै लगिनेछ । यो वेब साईटलाई थप सूचनामूलक, बिश्वसनीय र परिस्कृत गर्दै लैजानको लागि तपाईँहरुको अमुल्य राय, सल्लाह तथा सुझावहरुको सदैव अपेक्षा गर्दै वेब साईट अवलोकनको लागि हार्दिक धन्यबाद र आफ्नो आफन्तजन तथा साथिसँगीहरुलाई अवलोकनको लागि गर्नु हुने सूचना तथा प्रचार प्रसारको लागि अग्रिम आभार प्रकट गर्न चाहान्छु । धन्यबाद । नगर प्रमुख, खाँदबारी नगरपालिका

हाम्रो खाँदबारी नगरपालिका- बृत्त चित्र