नगरकार्यपालिका निर्णय नं. ७५

"समृद्ध खाँदबारी नगर
खाँदबारी नगरपालिका
खाँदबारी, सङ्खुवासभा, कोशी प्रदेश, नेपाल नगर कार्यपालिकाको बैठक
बैठक सङ्ख्याः७५-०८३।०८४
बैठक मितिः २०८३।०४।२१ बिहान ८:०० बजे
स्थानः खाँदबारी नगरपालिकाको सभा हल
आजको नगर कार्यपालिकाको बैठकको कार्यसूचीका आधारमा देहाय अनुसार निर्णयहरू सर्वसम्मत रूपमा पारित गरेको छ ।
प्रस्तावहरुः
१. गत कार्यपालिका बैठकको समीक्षा सम्बन्धना ।
२. बसपार्कको पुनःठेक्का आह्वान गर्ने सम्बन्धमा ।
३. आ.व. २०८३।०८४ का लागि नदिजन्य पदार्थ उत्खनन तथा विक्री शुल्क उठाउने ठेक्का आह्वान गर्ने सम्बन्धमा ।
४. नगर प्रहरी इकाई स्थापना गर्ने सम्बन्धमा ।
५. आ.व.२०८३।०८४ को आयोजनाहरूको ठेक्का सुरु गर्ने सम्बन्धमा ।
६. आर्थिक सहायता सम्बन्धमा ।
७. मनकामना मन्दिरमा दान पेटिका राख्ने सम्बन्धमा ।
८. जग्गा वर्गीकरण सम्बन्धमा।
९. नगर प्रहरीलाई दर्ज्यानी चिन्ह प्रदान गर्ने सम्बन्धमा ।
१०. मिनि टिलर खरिद सम्बन्धमा ।
११. तह वृद्धि सम्बन्धमा ।
१२. फोहरमैला व्यवस्थापनको ठेक्का सम्बन्धमा ।
१३. खानेपानी तथा सरसफाइ संस्थालाई यथासिघ्र साधारणसभा बोलाउने सम्बन्धमा ।
१४. मनकामना समाज सेवा परिषद्‌को दाउरा सोधभर्ना रकम सम्बन्धमा ।


निर्णयहरूः
१. खाँदबारी नगरपालिकाको गत कार्यपालिका बैठकका निर्णयहरूको कार्यान्वयन कार्यान्वयन अवस्था सन्तोषजनक रहेको साथै बाँकी निर्णयहरू कार्यान्वयन गर्दै लैजाने।
२. खाँदबारी नगरपालिकाको आय ठेक्का अन्तर्गत खाँदबारी नगरपालिका वडा नं. १ स्थित सवारी पार्किङ्ग शुल्क (खाँदबारी बसपार्क सञ्चालन कार्य) गत आर्थिक वर्ष २०८२।०८३ मा शिवधारा इन्फ्रास्ट्रक्चर प्रा.ली., खाँदवारी-३ सँग सम्झौता गरी कार्य सम्पन्न गरिएको, राजस्व परामर्श समितिले मिति २०८३।०३।०५ मा उक्त ठेक्का आ.व. २०८३।०८४ मा पनि सोही फर्मलाई निरन्तरता दिन नगर कार्यपालिकालाई सिफारिस गरेको, नगर कार्यपालिकाको निर्णयानुसार ठेक्का निरन्तरता दिई सम्झौता गरी कायदिश समेत दिइसकेको, तर गत आ.व.२०८२।०८३ को सम्झौतामा ठेक्का निरन्तरता गर्ने विषयमा कुनै कुरा नखुलेको र वहुवर्षे आय प्रक्षेपण समेत नगरी ठेक्का आह्वान भएको हुनाले उक्त कार्य सार्वजनिक खरिद ऐन, २०६३ र नियमावली, २०६४ अनुसार गैर कानुनी देखिएको हुनाले आ.व. २०८३।०८४ का लागि मिति २०८३।०४।०५ मा शिवधारा इन्फ्रास्ट्रक्चर प्रा.ली., खाँदबारी-३ सँग गरिएको ठेक्का सम्झौता रद्ध गरी पुनः ठेक्का आह्वान गर्ने।
३. यस नगरपालिकाको आ.व.२०८३।०८४ को आय ठेक्का अन्तर्गत खाँदबारी नगरपालिका क्षेत्रका विभिन्न नदी तथा खोलाहरूबाट नदीजन्य पदार्थ उत्खनन तथा विक्री शुल्क उठाउन स्वीकृत प्रारम्भिक वातावरणीय परीक्षण (Initial Environmental Examination-IEE) को अधिनमा रहि ठेक्का आह्वान गर्न नगरपालिकाको पूर्वाधार विकास शाखालाई निर्देशन दिने।
४. यस नगरपालिकामा नगर प्रहरीको सङ्ख्या थप गरी सकिएको हुनाले आवश्यक फर्निचर तथा लजिस्टिक व्यवस्थापन गरी नगरपालिका कार्यालयमा नगर प्रहरी इकाई स्थापना गर्ने।
५. यस नगरपालिकाको आ.व. २०८३।०८४ को वार्षिक बजेट तथा कार्यक्रम स्वीकृत भईसकेको हुनाले वार्षिक खरिद योजनामा विद्युतीय बोलपत्र (E-Bidding) मार्फत खरिद गरिने GOODS/WORKS का आयोजनाहरूको खरिद प्रक्रिया सुरु गर्नका लागि पूर्वाधार विकास शाखालाई निर्देशन दिने।
६. नगर प्रमुखको तोक आदेशवाट तपसिलका व्यक्तिहरूलाई दिइएको आर्थिक सहायता अनुमोदन गर्ने।
क्र.सं.
तपसिलः
व्यक्तिको नाम
ठेगाना
रकम रु.
कैफियत
१
डिक कुमार तामाङ
खाँदबारी-६
१०,०००
७. खाँदबारी न.पा.-९ मा रहेको मनकामना मन्दिरमा दान पेटिका राख्ने उक्त दान पेटिकाको चाबी मनकामना वृहत्तर क्षेत्र विकास समितिका सदस्य सचिव तथा खाँदवारी नगरपालिका, सामाजिक विकास समितिका शाखा प्रमुखको जिम्मामा रहने, उक्त दान पेटिकाको चाबी प्रत्येक महिना सम्बन्धित बडाका वडा अध्यक्ष लगायत स्थानीयको रोहबरमा खोली दान पेटिकामा रहेको रकम नगरपालिकाको आन्तरिक राजस्व खातामा जम्मा गर्ने।


८. भू-उपयोग ऐन, २०७६ तथा भू-उपयोग नियमावली, २०७९ को मापदण्ड तथा आधारहरुका अतिरिक्त खाँदबारी नगरपालिका क्षेत्रको जग्गालाई भू-उपयोग क्षेत्रमा वर्गीकरण गरिने प्रयोजनको लागि भू-उपयोग ऐन, २०७६ को दफा (५) को उपदफा (४) बमोजिम भू-उपयोग क्षेत्र नक्सालाई अध्यावधिक गर्न मापदण्ड र खाँदबारी नगरपालिकामा भू-उपयोग कार्यक्रम सञ्चालन, भू-उपयोग क्षेत्र, भूमिको वर्गीकरण, भू-उपयोग योजना तर्जुमा गर्नको लागि भू-उपयोग कार्यान्वयन समिति गठन गरी जनशक्तिको उचित व्यवस्थापन गरी कार्य सञ्चालन गर्नको लागि कार्यविधि निर्माण गरी भू-वर्गीकरण गर्नुपर्नेमा भुलवस स्वघोषणा मात्रबाट भू-वर्गिकरण गरिएको तर हाल उक्त वर्गिकरणलाई नापी विभागले मान्यता नदिएको हुनाले सो सँग सम्बन्धित कार्यविधि र मापदण्ड स्वीकृत गरेर पुनः जग्गा वर्गीकरण गर्ने।


९. यस नगरपालिकाले नगर प्रहरी सहायक निरीक्षकमा श्री सिताराम पराजुलीलाई नियुक्त गरिएको, निज भूतपूर्व प्रहरी सेवाको प्रहरी नायब निरीक्षकबाट अवकास भएको साथै निजले सुरक्षा सम्बन्धी सम्पूर्ण तालिम प्राप्त गरिसकेको हुनाले श्री सिताराम पराजुलीलाई नगर प्रहरी सहायक निरीक्षकको दर्ज्यानी चिन्ह प्रदान गर्ने।
१०. यस नगरपालिकामा प्रदेश सरकार, नगरपालिका र विभिन्न वडाहरूबाट मिनि टिलर खरिद शीर्षकमा बजेट विनियोजन भएको हुनाले सबै खरिद कार्यक्रमलाई एउटै प्याकेज बनाई सार्वजनिक खरिद ऐन, २०६३ र नियमावली, २०६४ को अधिनमा रही खरिद प्रक्रिया अगाडि बढाउने।
११. खाँदबारी नगरपालिकामा कार्यरत तपसिलमा उल्लिखित कर्मचारीको स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा कर्मचारी समायोजन ऐन, २०७५ बमोजिम समायोजन/समायोजन संसोधन/मिलान भई एवम् लोक सेवा आयोगबाट सिफारिस भई खाँदबारी नगरपालिकामा कार्यरत रहेका स्थानीय सरकारी सेवा (गठन तथा सञ्चालन) ऐन, २०८० को दफा २७ को उपदफा (३) वमोजिम तह वृद्धि सम्बन्धी मिति २०८३।०३।०१ मा ३० दिने सूचना प्रकाशन गर्दा तह वृद्धि गरी पाउँ भनि तोकिएको कागजात सहित निवेदन पेस गरेकोमा निवेदन उपर स्थानीय सरकारी सेवा (गठन तथा सञ्चालन) ऐन, २०८० को दफा २७(१) बमोजिम र सोही ऐनको दफा ४ उपदफा (५) बमोजिम तोकिएको योग्यता पुगेका र सिफारिस सिमितिले सिफारिस गरेका आधारमा देहायका कर्मचारीको स्वतःतह वृद्धि गर्ने।
क्र.सं.
१
कर्मचारीको नाम
रुद्र बहादुर घिमिरे
देहायः
हालको सेवा/समूह/पद/तह
सेवाः इन्जिनियरिङ्ग
समूहः सिभिल
उपसमूहः स्यानिटरी
पदः सब-इन्जिनियर
तहः पाँचौ
तह वृद्धि गरिएको सेवा/समूह/पद/तह
सेवाः इन्जिनियरिङ्ग
समूहः सिभिल
उपसमूहः स्यानिटरी
पदः इन्जिनियर
तहः छैटौ

१२. यस नगरपालिकाको फोहर व्यवस्थापनका लागि आ.व. २०८३।०८४ सम्म समृद्ध सहकारीसँग सम्झौता भएको र आगामी आर्थिक वर्षबाट सो शीर्षकबाट नगरपालिकालाई आम्दानी समेत हुने देखिएकोले कम्तिमा एक महिना सम्म नगर प्रहरी र कर्मचारी खटाई आफै सङ्कलन गरी त्यसको आधारमा Base Rate तयार गरी आ.व. २०८४।०८५ मा राजस्व शाखा मार्फत ठेक्का प्रक्रियामा जाने।
१३. खाँदवारी खानेपानी तथा सरसफाइ संस्थाले विगत लामो समय देखि साधारण सभा नगरेको हुनाले दैनिक कार्य सञ्चालन गर्नका लागि कठिनाई देखिएकाले विद्यमान विधान अनुसार यथासिघ्र साधारण सभा गर्न निर्देशन दिने।
१४. मनकामना समाज सेवा परिषद्‌को माग निवेदन अनुसार परिषद्‌ले मनकामना मोक्ष घाटमा विपन्न वर्ग र बेबारिसे लासहरूको दाहसंस्कार गर्दा लागेको दाउरा प्रयोग बापतको लागत रकम (बील बमोजिम) सोधभर्ना दिने।
आवश्यकता अनुसार बैठक बस्ने गरी आजको बैठक यहिँ अन्त्य गरीयो।