खाँदबारी नगरपालिका कोशी प्रदेश अन्तरगत संखुवासभा जिल्लाको सदरमुकाम हो । यस नगरपालिकामा ११ वटा वडाहरु रहेका छन्।
जनसंख्याको अवस्थाः
७५९३ वटा घरपरिवार रहेको खाँदबारी नगरपालिकामा औसतमा प्रति घरपरिवार ४.६९ सदस्य सहितको कुल
जनसङ्ख्या ३५,६२८ रहेको छ भने यस नगरपालिकाको जनघनत्व लगभग २९० प्रति वर्ग किलोमिटर रहेको
छ । वडागत जनसंख्या चित्र नं २ मा राखिएको छ जस अनुसार २,३८२ पुरुष र २,३५२ महिला गरि ४,७३४
जना नगरवासी सहित सहित सबैभन्दा बढी जनसंख्या वडा नं ९ को रहको छ भने ८५१ पुरुष र ८०१ महिला
सहित १,६५२ जना सहित सबै भन्दा कम जनसंख्या वडा नं ५ को रहेको छ । लैङ्गिक रूपमा हेर्दा पुरुष १८१०८
र महिला १७५२० रहेको छ । यस सम्बन्धी वडागत जनसंख्या विवरण तलको तालिकामा राखिएको छ ।
राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार ८९.८% पुरुष साक्षरता दर तथा ७७.८% महिला साक्षरता
दर सहित कूल साक्षरता दर ८३.६% रहेको छ । साक्षरता दर महिलाको कम देखिएको छ भने अपाङ्गता भएका
पुरुषहरूको प्रतिशत २.५% हुँदा अपाङ्गता भएका महिलाको प्रतिशत २.०% रहेको देखिन्छ । पुरुषहरूमा
महिलाको तुलनामा शारीरिक अपाङ्गता र श्रवण शक्ति सम्बन्धी अपाङ्गता बढी देखिएको छ भने महिलाहरूमा
पुरुषको तुलनामा दृष्टि, मानसिक÷मनोसामाजिक, बौद्धिक, अटिजमसँग सम्बन्धित र बहुअपाङ्गता बढी
देखिएको छ ।
जनगणना २०७८ को तथ्याङ्क अनुसार १० वर्ष भन्दा माथिका नगरवासी मध्ये झन्डै ६०.४% आर्थिक रूपमा
सक्रिय र रोजगार देखिन्छ भने झन्डै ३९.६% प्राय आर्थिक रूपमा सक्रिय नरहेको देखिन्छ ।