दोभाषे पदको लागि दरखास्त आवह्वान गरिएको सम्बन्धी सूचना।
'समृद्ध खाँदबारी नगर
खाँदवारी नगरपालिका नगरकार्यपालिकाको कार्यालय
*
खाँदवारी, सङ्खुवासभा
कोशी प्रदेश, नेपाल ।
दोभाषे पदको लागि दरखास्त आव्हान गरिएको सूचना ।
(प्रकाशित मिति २०८३/०६/०९ गते)
यस नगरपालिकाको लागि कोशी प्रदेश, प्रदेश मन्त्रालय अन्तरगत सामाजिक विकास मन्त्रालयको स्वर बोलाई सम्बन्धी नेपाली सांकेतिक भाषा दोभाषे सेवा परिचालन सम्बन्धी मार्गदर्शन, २०८३ तथा बहिरा तथा स्वर बोलाई सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरुका लागि सञ्चार व्यवस्थापन कार्यक्रम सञ्चालन मार्गदर्शन पुस्तिका-२०८३ बमोजिम रिक्त रहेको तपसिलमा उल्लिखित पदमा खुला प्रतिष्पर्धात्मक परीक्षाबाट करार सेवामा पदपुर्ति गर्नुपर्ने भएकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र कार्यालय समयमा खाँदवारी नगरपालिका, नगर कार्यपालिकाको कार्यालयले तोकेबमोजिमको ढाँचामा दरखास्त दिनहुन यो सूचना प्रकाशित गरिएको छ ।
क्र.सं. १
विज्ञापन नं. ०१/२०८३-८४
किसिम खुला (करार)
पद दोभाषे (बहिरा तथा स्वर बोलाईलाई सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरुको लागि सांकेतिक भाषा र सञ्यार व्यवस्थापन गर्ने)
माग संख्या १ (एक)
कैफियत
१. सेवाको किसिम
: करार सेवा ।
२. आवश्यक न्यूनतम योग्यता
: नेपाली, अंग्रेजी साधारण लेखपढ गर्न सक्ने ३. कम्प्युटरको आधारभुत तालिम प्राप्त
भएको वा कम्प्युटर चलाउन सक्ने ।
३. पारिश्रमिक तथा सेवासुविधा करार सम्झौतामा उल्लेख भएबमोजिम हुनेछ ।
४. उमेर
: स्वर बोलाई सम्बन्धी नेपाली सांकेतिक भाषा दोभाषे सेवा परिचालन सम्बन्धी मार्गदर्शन, २०८३ ले निर्धारण गरे बमोजिम १८ बर्ष पुरा भई ३५ बर्ष महिलाको हकमा ४० वर्ष ननाघेको ।
५. दोभाषेको योग्यताः
क) नेपाली नागरिक ।
ख) मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा १०+२ वा सो सरह उत्तीर्ण ।
ग) राष्ट्रिय बहिरा संघ, जिल्ला बहिरा संघ वा अन्य मान्यता प्राप्त संस्थाबाट सञ्चालित कम्तीमा ३ महिनाको नेपाली सांकेतिक भाष तालिम प्राप्त ।
घ) नेपाली सांकेतिक भाषामा प्रभावकारी रुपमा सञ्चार र दृष्टिसम्बन्धी तथा बोल सम्बन्धी स्पष्ट क्षमता भएको ।
ङ) नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसुरदार नठहरिएको ।
च) सूचना तथा सञ्चार प्रविधि (ICT) को आधारभूत ज्ञान भएको र प्रत्यक्ष वा भर्चुवल (Video) माध्यमबाट सेवा दिन सक्ने ।
( द्रष्टव्यः पूर्व कार्यरत, यस क्षेत्रमा अनुभवी, समुदायमा स्वीकार्य तथा राष्ट्रिय बहिरा महासंघ आधिमारिक निकायको सूची (Roster) मा सूचीकृत व्यक्तिलाई प्राथमिकता दिइनेछ ।)
६. परिक्षाको किसिम स्वर बोलाई सम्बन्धी नेपाली सांकेतिक भाषा दोभाषे सेवा परिचालन सम्बन्धी मार्गदर्शन, २०८३ ले निर्धारण गरे बमोजिम प्रयोगात्मक तथा अन्तर्वाता ।
७. आवेदन शुल्क
: रु. ३००।- (तीन सय मात्र)।
८. दरखास्तको ढाँचा: यस नगरपालिकाको वेवसाइट www.khandbarimun.gov.np बाट वा नगरपालिकाको प्रशासन उपशाखामा सम्पर्क गरी प्राप्त गर्न सकिनेछ ।
९. करार सेवा अवधि आ.
व. २०८३/८४ को असार मसान्तसम्म
१०. दरखास्त दिने अन्तिम मिति
२०८३/०६/२३ गते कार्यालय समयभित्र ।
यस कार्यालयको फोन नं. ०२९-५६०१४१,१२१,२५०,२५४,४४१ फ्याक्स: ०२९-५६०१४१,२५४ वेभसाइट: www.khandbarimun.gov.np इमेन khandbari.mun@gmail.com