खाँदवारी विभूषण ऐन, २०७६

खाँदवारी विभूषण ऐन, २०७६

k|df0fLs/0f / k|sfzg ldlt

2076/09/28

खाँदवारी नगरपालिका छैठौं नगरसभाले बनाएको २०७६ सालको ऐन

विभूषण, सम्मानपदक, अलङ्कार र पदकका सम्बन्धमा कानूनी व्यवस्था गर्न बनेको ऐन

प्रस्तावना :- खाँदवारी नगरपालिकाको भौगोलिक क्षेत्रमा बसोवास गर्ने सामाजिक तथा राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याउने महानुभावलाई खाँदवारी नगरपालिकाका तर्फबाटकदर तथा सम्मानस्वरुप सम्मानपदक, अलङ्कार जस्ता विभूषण प्रदान गर्ने व्यवस्था गर्न वाञ्छनीय भएकोले,

स्थानीय सरकार सञ्चालन ऐन, २०७४को दफा १०२ मा उल्लेखित अधिकार प्रयोग गरी खाँदवारी नगरपालिका, छैठौं नगरसभाले योे ऐन बनाएको छ।

परिच्छेद-१ प्रारम्भिक

१. संक्षिप्त नाम र प्रारम्भ :- (१) यस ऐनको नाम “विभूषण ऐन, २०७६” रहेको छ ।

(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।

२. परिभाषा ः विषय वा प्रसङ्गले अर्काे अर्थ नलागेमा यस ऐनमा,—

(क) “विभूषण” भन्नाले यस ऐन बमोजिम प्रदान गरिने सम्मानपदक, अलङ्कार सम्झनु पर्छ ।

(ख) “सम्मानपदक” भन्नाले दफा ८ बमोजिमका सम्मानपदक सम्झनु पर्छ ।

(ग) “सम्मानपत्र” भन्नाले दफा ८ बमोजिमका सम्मानपदकका साथ प्राप्त हुने सम्मानपत्र तथा व्यक्तिको योगदान उल्लेखित सम्मानपत्र समेतलाई सम्झनु पर्छ ।

(घ) “अलङ्कार” भन्नाले दफा ११ बमोजिमका अलङ्कार सम्झनु पर्छ ।

(ङ) “समिति” भन्नाले दफा ४ बमोजिमको खाँदवारी नगरपालिका, विभूषण समिति सम्झनु पर्छ ।

(च) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।

३. विभूषण प्रदान गर्न सक्ने :-

(१) खाँदवारी नगरपालिकाले स्थानीय समाज तथा राष्ट्रिय जीवनका राजनैतिक, आर्थिक, सामाजिक, साँस्कृतिक, शिक्षा, स्वास्थ्य, खेलकूद, अनुसन्धान लगायतका अन्य क्षेत्रमा वा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत विशिष्ट योगदान पु¥याउने खाँदवारी नगरपालिकाका नागरिकलाई समितिको सिफारिसमा यस ऐन बमोजिम विभूषण प्रदान गर्न सक्नेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै क्षेत्रमा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त वा खाँदवारी नगरपालिकाको सर्वाङ्गिण विकासमा विशिष्ट योगदान पु¥याउने विदेशी नागरिकलाई खाँदवारी नगरपालिकाले सम्मानस्वरुप विभूषण प्रदान गर्न सक्नेछ ।

(३) उपदफा (१) वा (२) बमोजिम प्रदान गरिने विभूषण खाँदवारी नगरपालिकाले नगरपालिकाको स्थापना दिवसका दिन प्रदान गरिनेछ ।

(४) खाँदवारी नगरपालिकाले उपदफा (१) र (२) बमोजिम विभूषण प्रदान गर्दा विभूषण पाउने व्यक्तिको नाम र निजले प्राप्त गरेको विभूषणको प्रकार तथा निजले यस ऐनमा उल्लेखित प्रशँसनीय कार्यमार्फत सामाजिक तथा राष्ट्रिय जीवनमा पु¥याएको योगदान समेत खुलाई आम जनताको जानकारीको लागि सार्वजनिक सूचना जारी गर्नेछ र यस्तो सूचना खाँदवारी राजपत्रमा समेत प्रकाशन गरिनेछ ।

४. विभूषण समिति :-

(१) यस ऐन बमोजिम प्रदान गरिने विभूषणका सम्बन्धमा खाँदवारी नगरकार्यपालिका समक्ष सिफारिस प्रस्तुत गर्न देहाय बमोजिम पाँच सदस्यीय “खाँदवारी नगरपालिका विभूषण समिति” रहनेछ :-

(क) नगर उप प्रमुख -अध्यक्ष

(ख) नगर कार्यपालिकाद्वारा मनोनित एक जना कार्यपालिका सदस्य -सदस्य

(ग) सामाजिक तथा राष्ट्रिय जीवनमा उल्लेखनीय योगदान पु¥याएका नगरका प्रतिष्ठित व्यक्तिहरुमध्येबाट नगरकार्यपालिकाद्वारा मनोनित एक महिला सहित दुई जना - सदस्य

(घ) प्रमुख प्रशासकीय अधिकृत - सदस्य-सचिव

(२) समितिको बैठक समितिको अध्यक्षले तोकेको समय र स्थानमा बस्नेछ ।

(३) खाँदवारी नगरपालिका विभूषण समितिको बैठक खाँदवारी नगरपालिकाद्वारा पारित “बैठक सञ्चालन सम्बन्धी कार्यविधि” बमोजिम हुनेछ ।

५. विभूषण सिफारिस प्रक्रिया :-

(१) नगरपालिकाको राजनीतिक विभाजनका आधारमा गठित वडा समितिले विभूषण, सम्मानपदक, अलङ्कार तथा पदक पाउन योग्य ठह¥याएको व्यक्तिलाई अनुसूची -१ को ढाँचामा सिफारिस गर्न सक्नेछ ।

(२) नगर भित्र रहेका संघीय, प्रदेश मातहतका तथा स्थानीय तहका कार्यालयमा कार्यरत कर्मचारीको हकमा सम्बन्धित कार्यालयले अनुसूची -१ को ढाँचामा विभूषण समितिमा सिफारिस पठाउन सक्नेछ ।

(३) विभूषण समितिले विभूषण, सम्मानपदक, अलङ्कार तथा पदक पाउन योग्य ठह¥याएको स्थानीय, स्वदेशी तथा विदेशी व्यक्तिलाई समेत सो का लागि सिफारिस गर्न सक्नेछ ।

(४) विभूषण, सम्मानपदक, अलङ्कार तथा पदक प्रदान गर्नका लागि अन्तिम सूची तयार गर्ने सम्पूर्ण अधिकार विभूषण समितिलाई हुनेछ ।

(५) विभूषण, सम्मानपदक, अलङ्कार तथा पदक प्रदान गर्नका लागि विभूषण समितिले गरेको सिफारिसमा नगरकार्यपालिकाको बैठकले अन्तिम निर्णय लिन सक्नेछ ।

(६) विभूषण सिफारिस सम्बन्धी अन्य प्रकृया खाँदवारी नगरकार्यपालिकाले तोके बमोजिम हुनेछ ।

६. विभूषण सिफारिसका आधार :

विभूषणको लागि सिफारिस गर्दा देहायका आधारमा गर्नु पर्नेछ :-

(क) नगर तथा राष्ट्रको गौरव वृद्धि गर्ने कार्यमा विशेष योगदान पुर्याएको,

(ख) आफ्नो क्षेत्रमा उत्कृष्ट काम गरी नगरलाई योगदान पुर्याएको,

(ग) सरकारी सेवासँग सम्बन्धित व्यक्तिको हकमा आफूलाई तोकिएको काम प्रशंसनीय रुपमा सम्पादन गरेको,

(घ) विदेशी नागरिक भए अन्तर्राष्ट्रिय क्षेत्रमा खाँदवारी नगरको तथा देशको समुन्नति तथा सम्मान बढाउने कार्यमा विशेष योगदान पु¥याएको,

(ङ) साहसपूर्ण वा बुद्धिमत्तापूर्ण काम गरी सार्वजनिक हितको लागि विशेष योगदान पु¥याएको,

(च) खाँदवारी नगरपालिका, विभूषण समितिले निर्धारण गरेका अन्य आधार पूरा गरेको ।

७. विभूषण प्रदान गरिने :-

(१) नगर प्रमुखले विभूषण पाउने व्यक्तिलाई सो विभूषणको प्रतीक तथा सम्मानपत्र नगरपालिका स्थापना दिवसको अवसरमा आयोजित समारोहमा प्रदान गर्नेछन् ।

(२) उपदफा (१) मा उल्लेखित व्यवस्था अनुसारको दिन विभूषण पाउने व्यक्ति कुनै कारणले उपस्थित हुन नसकेमा निजले विभूषणको प्रतीक र सम्मानपत्र कार्यालय खुलेको दिन नगरकार्यपालिकाको कार्यालयबाट प्राप्त गर्न सक्नेछ ।

(३) कुनै व्यक्तिलाई कुनै विभूषण मरणोपरान्त प्रदान गरिएमा वा विभूषण पाउने व्यक्तिको नाम सिफारिस भई विभूषण तथा सम्मानपत्र पाउने निर्णय भएकोमा सो व्यक्तिको विभूषण तथा सम्मानपत्र प्रदान गरिने दिन अगावै मृत्यु भएमा निजले पाउने विभूषणको प्रतीक तथा सम्मानपत्र निजको पत्नी वा पतिलाई वा त्यस्तो पत्नी वा पति नभए निजको ज्येष्ठ सन्तान वा कुनै सन्तान नभए निजको नजिकको हकवालालाई प्रदान गरिनेछ ।

(४) विभूषण प्राप्त गर्ने व्यक्तिले विभूषण तथा सम्मानपत्र पाउनु अघि त्यसको प्रतीक लगाउनु हुँदैन ।

परिच्छेद-३ सम्मानपदक

८. सम्मानपदकको प्रकार र मर्यादाक्रम ः

(१) यस ऐन बमोजिम प्रदान गरिने सम्मानपदकको प्रकार देहाय बमोजिम हुनेछन् ः-

(क) खाँदवारी तारा सम्मानपदक।

(ख) खाँदवारी रत्न सम्मानपदक।

(ग) खाँदवारी गौरव सम्मानपदक।

(घ) खाँदवारी पौरख सम्मानपदक।

(ङ) खाँदवारी सेवा सम्मानपदक।

(च) खाँदवारी ज्योति सम्मानपदक।

(२) उपदफा (१) मा उल्लेख भएको क्रम अनुसार सम्मानपदकको मर्यादाक्रम कायम हुनेछ ।

9. पदक मान पदवीको क्षेत्र : यस ऐनको दफा 8 (1) बमोजिमका पदक मान पदवी देहायको क्षेत्रलाई विभुषित गरिनेछ।

क. खाँदबारी गौरवः राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा उल्लेखनीइ योगदान पुर्याई खाँदबारीले गौरव ठानेको व्यक्ति

ख. खाँदबारी रत्नः राष्ट्रिय जीवनमा उल्लेखनीय योगदान पुर्याई खाँदबारीले निधि ठानेको व्यक्ति

ग. खाँदबारी ताराः राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा खाँदबारी नगरको पहिचान अभिबृद्धि गर्न उल्लेखनीय योगदान पुर्याएको व्यक्ति

घ. खाँदबारी ज्योति : खाँदबारी नगरलाई आर्थिक, भौतिक, सामाजिक, शैक्षिक, साहित्य, खेलकुद लगायतको क्षेत्र मार्फत ज्योती पुञ्को रुपमा पहिचान सहित योगदान दिने व्यक्ति

ङ खाँदबारी पौरख : खाँदबारीलाई आधार भूमी बनाई ज्ञान, सीप, क्षमता अनुकरणीय पौरखी कार्य गर्ने व्यक्ति,

च. खाँदबारी समाज सेवाश्री : समाज सेवा मार्फत खाँदबारी नगरपालिकालाई उल्लेखनीय योगदान पुर्याउने व्यक्ति तथा संस्था

छ. खाँदबारी सेवाश्री : संघ, प्रदेश र स्थानीय तहमा खाँदबारी नगरक्षेत्र भित्र कार्यरत रही उल्लेखनीय कार्य गरेका कार्यरत तथा सेवा निवृत राष्टसेवक कर्मचारी

10. पदक पहिरने तरिका : पदक पहिरने तरिका दफा 13 मा तोकिए बमोजिम हुनेछ।

11. सम्मानपत्र : सम्मान पाउने व्यक्तिलाई समितिले तोके बमोजिमको सम्मानपत्र प्रदान गरिनेछ।

परिच्छेद-४ अलङ्कार

१2. अलङ्कार :-

(१) यस ऐन बमोजिम जुनसुकै व्यक्तिलाई प्रदान गरिने अलङ्कारहरु विभूषण समितिको सिफारिसमा नगरकार्यपालिकाले तोके बमोजिम हुनेछन् ।

(2) पदक र अलङ्कार मर्यादाक्रम कायम गर्दा पदकको मर्यादाक्रम अलङ्कार भन्दा माथिल्लो हुनेछ।

१3. सम्मानपदक र अलङ्कार लगाउने क्रम :-

एकभन्दा बढी सम्मानपदक र अलङ्कार पाउने व्यक्तिले आफूले पाएका अलङ्कार लगाउँदा मर्यादाक्रम अनुसार दाहिनेतर्पmबाट लगाउनु पर्नेछ ।

परिच्छेद -५ विविध

१4. विभूषणको प्रशंसा लेख्ने :-

(१) विभूषण पाउने व्यक्तिको नामको अगाडि निजले पाएको विभूषण अनुसार तोकिए बमोजिमको प्रशंसा लेख्न सकिनेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि एकभन्दा बढी विभूषण पाउने व्यक्तिको नामको अगाडि सो बमोजिम प्रशंसा लेख्दा निजले पाएको विभूषणको मर्यादाक्रम अनुसार लेख्नु पर्नेछ ।

१5. विभूषण सम्बन्धी अन्य व्यवस्था :-

यस ऐन बमोजिम विभूषण प्रदान गर्नको लागि चाहिने अन्य शर्त र विभूषणको बनोट, आकार प्रकार तथा प्रतीक सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ ।

१6. विभूषण प्रचलनमा ल्याउन नपाइने :-

खाँदवारी नगरपालिकाबाट प्रदान गर्ने विभूषण जस्तो नाम, बनोट र आकृति कायम गरी कुनै संस्था वा व्यक्तिले कुनै विभूषण दिन पाइने छैन ।

१7. विभूषणमा हेरफेर वा थपघट गर्न सक्ने :-

खाँदवारी नगरपालिकाले आवश्यकता अनुसार विभूषणको संख्या, आकार, प्रकार तथा बनोटमा थपघट वा हेरफेर गर्न सक्नेछ ।

१8. विभूषण रद्द गर्न सकिने :-

(१) यस ऐन बमोजिम प्रदान गरिएको विभूषणलाई खाँदवारी नगरपालिकाले देहायको अवस्थामा रद्द गर्न सक्नेछ :-

(क) प्रचलित नेपाल कानूनद्वारा दण्डित हुने कुनै पनि क्रियाकलापमा सहभागी भएको प्रमाणित भई दण्ड सजाय पाएमा

(ख) आफूले प्राप्त गरेको विभूषण कसैलाई बिक्री गरेमा वा बन्धकीमा राखेमा,

(ग) आफूले प्राप्त गरेको विभूषणको मर्यादा विपरीत हुने गरी विभूषणको प्रयोग गरेमा वा कसैलाई प्रयोग गर्न दिएमा।

(२) उपदफा (१) बमोजिम कुनै विभूषण रद्द गरिएमा खाँदवारी नगरपालिकाले विभूषण पाउने व्यक्तिको नाम र रद्द गरिएको विभूषण समेत खुलाई आम जनताको जानकारीको लागि सार्वजनिक सूचना जारी गर्नु पर्नेछ।

१9. विभूषण स्वेच्छाले फिर्ता गर्न सक्ने :-

यस ऐन बमोजिम प्राप्त गरेको कुनै विभूषण कसैले स्वेच्छाले फिर्ता गर्न चाहेमा त्यस्तो विभूषणको प्रतीक खाँदवारी नगरपालिकामा बुझाउनु पर्नेछ ।

20. नियम बनाउने अधिकार :-

यस ऐनको उद्देश्य कार्यान्वयन गर्नको लागि खाँदवारी नगरकार्यपालिकाले आवश्यक नियमावली बनाउन सक्नेछ।

21. बाधा अडकाउन फुकाउने :- यस ऐनमा भएका व्यवस्थाको कार्यान्वयन गर्ने सन्दर्भमा दुविधा आएमा व्याख्या गर्ने अन्तिम अधिकार खाँदबारी नगरपालिकालाई हुनेछ। नगरपालिका प्रदान गर्ने पदक, अलङ्कार तथा सम्मान वार्षिक वा आवश्यकता अनुसार निर्णय गरी प्रदान गर्न सक्नेछ।