मिति २०८३ साल असोज २ गते,
गएराति परेको अविरल वर्षाका कारण खाँदबारी नगरपालिका वडा नं. १, ऊँ शान्ति टोल स्थित जिल्ला अस्पतालको पूर्व-दक्षिण भागमा पहिरो गई क्षति पुगेको क्षेत्रको आज स्थलगत निरीक्षण तथा अनुगमन गरिएको छ।निरीक्षणका क्रममा नगर प्रमुख श्री महेश थपलिया, प्रमुख प्रशासकीय अधिकृत श्री हिमलाल शर्मा, वडा नं. १ का वडाध्यक्ष, नगरपालिकाका इन्जिनियर, आर्थिक प्रशासन शाखा प्रमुख, जिल्ला अस्पतालका प्रमुख लगायत पहिरो पीडित र स्थानीय नागरिकहरूको उपस्थिति रहेको थियो। पहिरोलाई तत्काल थप क्षति हुन नदिन र रोकथामका लागि आवश्यक पर्ने प्राविधिक, आर्थिक तथा भौतिक सहयोग तुरुन्त उपलब्ध गराउन नगर प्रमुख श्री महेश थपलियाज्यूबाट निर्देशन समेत दिनुभएको छ।
