कोशी प्रदेशमा अवस्थित खाँदबारी नगरपालिका संखुवासभा जिल्लाको सदरमुकाम हो। खाँदबारी नगरपालिका समुन्द्री सतहबाट २७८ मिटर(अरुण नदी र सभा खोलाको दोभान) देखी २१७१ मिटर (छ्याङकुटी डाँडा) को उचाईका रहेको छ। भौगोलिक अवस्थितिका हिसाबले यस नगरपालिका २७ डिग्री १६ मिनेट १४ सेकेण्डदेखि २७ डिग्री २७ मिनेट ४४ सेकेण्ड उत्तरी अक्षांश र ८७ डिग्री १४ मिनेट २७ सेकेण्डदेखी ८७ डिग्री ७ मिनेट २६ सेकेन्ड पुर्वी देशान्तरसम्म फैलिएको छ। नेपालका प्रमुख समृद्ध शहरहरूमध्ये खाँदबारी एक सुन्दर र सांस्कृतिक रूपमा विविध शहर हो। २०५३ साल माघ १८ गते, संखुवासभा जिल्लाको सदरमुकाम खाँदबारीलाई तत्कालीन ३ गाउँ विकास समितिहरू मनकामना, पाङ्मा र माल्टालाई गाभेर नगरपालिका घोषणा गरिएको थियो। भौगोलिक रूपमा, यस नगरपालिकामा कुल ११ वडाहरू छन्, जसले १२२।७८ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ।
यस नगरपालिकाको पूर्वमा सभापोखरी गाउँपालिका, पाँचखपन नगरपालिका र चैनपुर नगरपालिका, पश्चिममा भोजपुर जिल्लाको षडानन्द नगरपालिका, उत्तरमा चिचिला गाउँपालिका र सिलिचोङ्ग गाउँपालिका र दक्षिणमा चैनपुर नगरपालिका रहेको छ । यस नगरपालिकाको क्षेत्रफल १२२.७८ व. कि.मि. रहेको छ । वि.सं. 2078 को जनगणना अनुसार ७५९३ वटा घरपरिवार रहेको खाँदबारी नगरपालिकामा औसतमा प्रति घरपरिवार ४.६९ सदस्य सहितको कुल जनसङ्ख्या ३५,६२८ रहेको छ भने यस नगरपालिकाको जनघनत्व लगभग २९० प्रति वर्ग किलोमिटर रहेको छ ।कुल जनसङ्ख्या मध्ये २,३८२ पुरुष र २,३५२ महिला गरि ४,७३४ जना नगरवासी सहित सहित सबैभन्दा बढी जनसङ्ख्या वडा नं ९ को रहको छ भने ८५१ पुरुष र ८०१ महिला सहित १,६५२ जना सहित सबै भन्दा कम जनसङ्ख्या वडा नं ५ को रहेको छ । लैङ्गिक रूपमा हेर्दा पुरुष १८१०८ र महिला १७५२० रहेको छ ।
खाँदबारी नगरपालिका २०औँ नगरसभा मिति २०८३ असार १० गते
दोस्रो त्रैमासिक सार्वजानिक सुनुवाई कार्यक्रम।
खाँदबारी नगरपालिकाको आ. व. २०८२।०८३ को दोस्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम
खाँदबारी नगरपालिकामा कार्यरत कर्मचारीहरु लाई सूचना प्रविधि सम्बन्धी १ दिने क्षमता विकास तालिमका केही तस्विरहरु
१ नं. वडा स्थित खाँदबारी टुडिखेल हाट लाग्ने स्थानमा छड्के अनुगमनको क्रममा पालिकाको क्षेत्राधिकार भन्दा बाहिर राखिएका, सडक पेटिम तथा अव्यवस्थित रूपमा थुपारिएका विभिन्न सामग्रीहरू जफत गरिएको छ
खाँदबारी नगरपालिकामा खानेपानीको वर्तमान अवस्थाबारे अध्ययन, अवलोकन तथा समस्या पहिचान सम्बन्धी छलफल कार्यक्रम
खाँदबारी नगरपालिका ९ नं. वडामा अवस्थित डम्पिङ साईडमा रहेको फोहोर ब्यावस्थापनको स्थलगत अवलोकन तथा अनुगमन साथै ढलको निमार्णधिन कार्य समेत अनुगमन
आ.व. २०८२।०८३ को पहिलो चौमासिकको सार्वजानिक सुनुवाई कार्यक्रमको तस्विरहरु।
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएकै दिन
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी वडा सचिव सेवा दिने कार्यालयः- वडा कार्यालय सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क, भन्दा बढी भएमा रु.१००/-
आवश्यक कागजातहरुः-
सम्बन्धित बच्चाको बाबुको नागरिकता
आमाको नागरिकता
नियमानुसार सूचना दिने व्यक्तिको नागरिकता
सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य ब्यक्ति हुनुपर्ने
सेवा प्रकारः- सामाजिक सुरक्षा
सेवा समयः- जेष्ठ नागरिक, दलित जेष्ठ नागरिकको हकमा आगामीतोकिएको समयमा पास हुनुपर्ने ्र वर्ष उमेर पुग्ने चौमासिकमा र अन्यको हकमा सोहि आ।व।को निवेदन पेश गरे पश्चातको चौमासिक सोका लागि सामाजिक सुरक्षासमितिको बैठकबाट पास हुनुपर्ने
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष सेवा दिने कार्यालयः- वडा कार्यालय सेवा शुल्कः- नलाग्ने
आवश्यक कागजातहरुः-
एकल महिलाको हकमा ६० वर्ष उमेर पुरा भई निर्देशिका बमोजिम शर्त पुरा भएको र जेष्ठ नागरिकको हकमा ७० वर्ष पुरा भएको नागरिकताको प्रतिलिपी ।
बिधवा महिलाको लागि श्रीमान्को मृत्युदर्ता प्रमाण पत्र प्रतिलिपी, अन्यत्रबाट आएको भए बसाई सराई प्रमाण पत्र, पासपोर्ट साईजको २÷२ प्रति फोटो, निवेदन
दलित जेष्ठको हकमा ६० वर्ष उमेर पुरा भएको नागरिकता प्रतिलिपी
दलित बालबालिका पोषण अनुदानको लागि (जन्मेदेखी पाँच बर्ष) जन्मदर्ता र आमा वा संरक्षकको नागरिताको प्रतिलिपी ।
अपा· परिचय पत्रको लागि जिल्ला महिला तथा वालवालिका कार्यालयबाट जारि गरिएको अपा·ता परिचय पत्र, नागरिकता वा जन्म दर्ता प्रमाण पत्र, पुर्ण अपा·को हकमा संरक्षक समेतको २ प्रति फोटो (सबै लाभ ग्राहीहरुको निवेदनसंग २/२ प्रति फोटो अनिवार्य)