अरुण उपत्यका भित्र पर्ने सङ्खुवासभा जिल्ला

अरुण उपत्यका भित्र पर्ने सङ्खुवासभा जिल्ला पर्यटकीय दृष्टिकोणले अत्यन्त महत्त्वपूर्ण जिल्ला हो । यस जिल्लामा पर्यटकहरुलाई आकर्षण गर्ने हिमाल, पहाड, टार, बेंसी, वनस्पति-जंगल, चरा-चुरुत्री, विभिन्न जनजातिका भाषा संस्कृति भेष मात्र होइन धार्मिक एवं पुरातात्विक स्थलहरु पनि रहेका छन् । त्यस्ता धार्मिक स्थलहरुमध्ये अरुण नदीको किनारमा रहेको मनकामना देवीको मूर्ति, मनकामनाको मन्दिर र त्यसको वरिपरि रहेको क्षेत्र (मनकामना धार्मिक क्षेत्र) पनि एक हो ।