FAQs Complain Problems

सामाजिक सुरक्षा भत्ता तर्फका लाभग्राहिहरुले आर्थिक वर्ष २०७६/७७ को लागि नविकरण गर्ने सम्बन्धि सूचना

मिति २०७५ साल मङ्सिर १७ गते सम्म आ.व २०७६/७७ को लागि नविकरण भएका लाभग्राहिहरुको सुचि यसै सुचना साथ संलग्न गरिएको छ । आ.व २०७५/७६ मा सामाजिक सुरक्षा भत्ता खाइरहनुभएका तर आ.व ७६/७७ को लागि नविकरण गर्न छुट  लाभग्राहिहरुले सम्बन्धित वडा कार्यालयमा गई यथा सिघ्र नविकरण गर्नुहुन सुचित गरिन्छ । नविकरण गर्न छुट लाभग्राहिहरुको आगामि आर्थिक वर्षका लागि सामाजिक सुरक्षा भत्ता नआउने पनि जानकारी गराइन्छ ।साथै भत्ता खाईपाइरहनुभएका लाभग्राहिको मृत्यु अथवा भत्ता खान अयोग्य ठहर भएको अवस्थामा संवन्धित वडा कार्यालयमा गई लगत कट्टा गराई सहयोग गरिदनुहुन समेत अनुरोध गरिन्छ ।

 नविकरणका लागि आवश्यक कागजातहरु

१.सामाजिक सुरक्षा भत्ता परिचयपत्र सक्कल र प्रतिलिपि

२.नागरिकताको प्रतिलिपि

Supporting Documents: 

हाम्रो खाँदबारी नगरपालिका- बृत्त चित्र