FAQs Complain Problems

खाँदबारी नगरपालिकामा अग्नि सुरक्षा सेवाको सुरुवात

खाँदबारी नगरपालिकाले स्थापना भएको १९ वर्षपछि दमकल ल्याएको छ । २०५३ सालमा स्थापना भएको नगरपालिकाले ६८ लाख रुपैयाँमा दमकल खरिद गरेको हो । दमकल खरिदसँगै जिल्लाका चैनपुर, सिद्धपोखरी, खराङ, तुम्लिङटार, मानेभञ्याङक्षेत्र र सदरमुकाम आसपासमा आगलागी नियन्त्रणमा सहयोग पुग्ने भएको छ । चार हजार पाँच सय लिटर पानीट्याङकी क्षमता भएको दमकलले एक सय मिटर टाढासम्मको आगो निभाउन सक्ने नगरपालिकाले जनाएको छ । नगरपालिकाले दमकल ल्याएपनि दक्ष कर्मचारीको अभावमा यसको सञ्चालमा समस्या भएको छ ।आठ घण्टा ड्युटीका लागि तीन चरणका कर्मचारी आवश्यकता पर्छ । यसका लागितीनजना ड्राइभर र २१ जना फाइर फाइटर गरी २४ जना कर्मचारी आवश्यकता पर्छ । नगरपालिकाको पहिलो प्रयास सफल बनाउन सर्वदलीय बैठकबाट निर्णय गरिने   नगरपालिकाका कार्यकारी अधिकृत मणिराम खतिवडाले बताए ।ग्यारेज, पानी पोखरी, कर्मचारी आवास र रासनसहितका कर्मचारी नियुक्ती गर्नुपर्ने भएकाले पहाडी  जिल्लाको नगरपालिकाले धान्न कठिन हुने एमाले सचिव खड्ग राईले बताए । खाँदबारीमा गत वर्षमात्र चार पटक आगलागी भइ करोडौँ धनमालको क्षति पुगेको थियो । यो बिपत आउन नदिन दमकलले सहयोग पुर्‍याउने उद्योग बाणिज्य संघका सदस्य लेखनाथ बुढाथोकीले बताए ।  (स्रोत -अन्नपूर्ण पोष्ट)

 

हाम्रो खाँदबारी नगरपालिका- बृत्त चित्र