FAQs Complain Problems

सौर्य सडक बत्ती जडान सम्वन्धमा

नेपाल सरकार (मन्त्री परिषद) को मिति २०७२/१०/०८ को बैठकबाट पारित "जनसहभागितामा आधरित सौर्य सडक बत्ती कार्यक्रम सञ्चालन कार्यविधि २०७२" अनुसार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय नगरपालिका योजना तथा व्यवस्थापन शाखा 'ख' को प.सं. २०७२/७३ च.नं. ५-२-११६ मिति २०७२/१०/२९ को पत्र बमोजिम नगरपालिका क्षेत्र भित्रका ईच्छुक उपभोक्ता समितिहरु, नागरिक सचेतना केन्द्रहरु, टोल विकास संस्थाहरु र अन्य सार्वजनिक निकायहरु बाट आ-आफ्नो टोल बस्तीहरुमा लागत सहभागितामा आधारित सौर्य सडक बत्ती जडान कार्यक्रम संचालन गर्नको लागि प्रस्तावहरु संकलन गरी मन्त्रालयमा पठाउनु पर्ने भएकोले माथि उल्लेखित समिति, केन्द्र र संस्थाहरु बाट प्रस्ताव आब्ह्वान गरिएको छ । कार्यक्रम संचालन गर्न आवश्यक प्रस्ताव फाराम यस खाँदबारी नगरपालिका कार्यालयबाट उपलब्ध हुनेछ । प्रस्ताव फारम २०७२ फागुन मसान्त सम्म नगरपालिका कार्यालयमा बुझाई सक्नु पर्नेछ ।

हाम्रो खाँदबारी नगरपालिका- बृत्त चित्र