समाचार
५६ औँ अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा खाँदबारी नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा सञ्चालित अन्तर माध्यमिक तह (कक्षा ९-१२) को हाजिरी जवाफ प्रतियोगिता।
५६ औं अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा खाँदबारी नगरपालिकाको शिक्षा,युवा तथा खेलकुद शाखाको
आयोजनामा "साक्षरता सिकाइ क्षेत्रमा रुपान्तरण" भन्ने आदर्श वाक्यका साथ संचालित अन्तर माध्यमिक तह
(कक्षा 9-12) को हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भयो ।करीब विहान ११ वजे सुरु भएको उक्त कार्यक्रमको
अध्यक्षता खाँदबारी नगरपालिकाका नि. प्रशासकीय अधिकृत लवहाङ राई र प्रमूख अतिथिको आशन ग्रहण
कार्यवाहक नगर प्रमूख देव बहादुर पुवार मगरले गर्नुभयो । विभिन्न विद्यालयका प्र अ तथा प्रतिनिधि
शिक्षकहरु र कार्यालयका शाखा प्रमूखहरुलाई अतिथिको आशन ग्रहण गराएको थियो ।कार्यक्रमका संचालक
हिम बहादुर भट्टराईले नेपालमा शिक्षा दिवस मनाउन वि.स. २०३१ फागुन १२ देखि सुरु भएको र
२०६२/६३ को दोस्रो जनआनदोलन पछि अन्तराष्ट्रिय साक्षरता दिवस मनाउन थालिएको चर्चा गर्नुभयो
।कार्यक्रममा स्वागत मन्तव्य सामजिक विकास शाखाका प्रमूख खेमराज निरौलाले गर्नुभयो ।
हाजिरी जवाफ प्रतियोगितामा खाँदबारी नगरपालिका अन्तर्गत संचालित ९ वटा माध्यमिक तह (कक्षा
९-१२) मध्य ७ वटा विद्यालयहरुको सहभागिता भएको थिए । प्रथम स्थान अरुण भ्याली वोर्डिङ स्कूलले
हासिल गरेको थियो भने श्री हिमालय माध्यमिक विद्यालय, आङ्ला द्बितीय, श्री बरुण वहुमूखि क्याम्पस
तृतीय र श्री महेन्द्र माध्यमिक विद्यालय सान्त्वना भएको थियो ।प्रथम , द्बितीय,तृतीय र सान्त्वना पुरस्कार
क्रम:श ६०००, ४०००, २००० र १००० तथा प्रमणपत्र वितरण गरिएको थियो । अन्य सहभागि विद्यार्थी र
विद्यालयलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
हिम बहादुर भट्टराई
प्राविधिक सहायक
शिक्षा,युवा तथा खेलकुद शाखा