FAQs Complain Problems

पृष्ठभूमि

कोशी प्रदेश न. १ मा अवस्थित खाँदबारी नगरपालिका संखुवासभा जिल्लाको सदरमुकाम हो। खाँदबारी नगरपालिका समुन्द्री सतहबाट २७८ मिटर(अरुण नदी र सभा खोलाको दोभान) देखी २१७१ मिटर (छ्याङकुटी डाँडा) को उचाईका रहेको छ। भौगोलिक अवस्थितिका हिसाबले यस नगरपालिका २७ डिग्री १६ मिनेट १४ सेकेण्डदेखि २७ डिग्री २७ मिनेट ४४ सेकेण्ड उत्तरी अक्षांश र ८७ डिग्री १४ मिनेट २७ सेकेण्डदेखी ८७ डिग्री ७ मिनेट २६ सेकेन्ड पुर्वी देशान्तरसम्म फैलिएको छ। नेपालका प्रमुख समृद्ध शहरहरूमध्ये खाँदबारी एक सुन्दर र सांस्कृतिक रूपमा विविध शहर हो। २०५३ साल माघ १८ गते, संखुवासभा जिल्लाको सदरमुकाम खाँदबारीलाई तत्कालीन ३ गाउँ विकास समितिहरू मनकामना, पाङ्मा र माल्टालाई गाभेर नगरपालिका घोषणा गरिएको थियो। भौगोलिक रूपमा, यस नगरपालिकामा कुल ११ वडाहरू छन्, जसले १२२।७८ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ। 

यस नगरपालिकाको पूर्वमा सभापोखरी गाउँपालिका, पाँचखपन नगरपालिका र चैनपुर नगरपालिका, पश्चिममा भोजपुर जिल्लाको षडानन्द नगरपालिका, उत्तरमा चिचिला गाउँपालिका र सिलिचोङ्ग गाउँपालिका र दक्षिणमा चैनपुर नगरपालिका रहेको छ । यस नगरपालिकाको क्षेत्रफल १२२.७८ व. कि.मि. रहेको छ । वि.सं. 2078 को जनगणना अनुसार ७५९३ वटा घरपरिवार रहेको खाँदबारी नगरपालिकामा औसतमा प्रति घरपरिवार ४.६९ सदस्य सहितको कुल जनसङ्ख्या ३५,६२८ रहेको छ भने यस नगरपालिकाको जनघनत्व लगभग २९० प्रति वर्ग किलोमिटर रहेको छ ।कुल जनसङ्ख्या मध्ये २,३८२ पुरुष र २,३५२ महिला गरि ४,७३४ जना नगरवासी सहित सहित सबैभन्दा बढी जनसङ्ख्या वडा नं ९ को रहको छ भने ८५१ पुरुष र ८०१ महिला सहित १,६५२ जना सहित सबै भन्दा कम जनसङ्ख्या वडा नं ५ को रहेको छ । लैङ्गिक रूपमा हेर्दा पुरुष १८१०८ र महिला १७५२० रहेको छ ।