खाँदबारी नगरपालिकामा खानेपानीको वर्तमान अवस्थाबारे अध्ययन, अवलोकन तथा समस्या पहिचान सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम नेपाल खानेपानी संस्थान काठमाडौँसँगको समन्वयमा आयोजना गरिएको हो ।
कार्यक्रममा संस्थानका बोर्ड सदस्य मधुमाया यादव तथा महाप्रबन्धक अर्जुन बाबू ढकाल लगायतको उपस्थिति रहेको थियो ।
छलफलका क्रममा खाँदबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था का अध्यक्ष दिव्य बराल ले खाँदबारीको खानेपानीको वर्तमान अवस्था, देखिएका समस्या तथा सुधारका सम्भावनाबारे प्रस्तुतीकरण गर्नुभएको थियो ।
कार्यक्रमको अध्यक्षता खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलिया ले गर्नुभएको थियो भने सञ्चालन रुद्रमणी श्रेष्ठ ले गर्नुभएको थियो भने कार्यक्रमको समापन उपप्रमुख महेश्वरा श्रेष्ठ बज्रचार्य ले गर्नुभएको थियो ।
