खाँदबारीमा अव्यवस्थित सामग्री हटाउँदै नगरपालिकाको ‘खरो एक्सन’ ।
संखुवासभाको खाँदबारी नगरपालिका बजार व्यवस्थापनमा कडाइ गर्न सक्रिय देखिएको छ । प्रमुख प्रशासकीय अधिकृत पदम प्रसाद बजगाईजेयूको निर्देशन अनुसार आज जनगुनासो अधिकृत लवाहाङ राई र राजस्व अधिकृत बिमल बनियाँको नेतृत्वमा टोलीले १ नं. वडा स्थित खाँदबारी टुडिखेल हाट लाग्ने स्थानमा छड्के अनुगमन गरेको हो । अनुगमनका क्रममा पालिकाको क्षेत्राधिकार भन्दा बाहिर राखिएका, सडक पेटिम तथा अव्यवस्थित रूपमा थुपारिएका विभिन्न सामग्रीहरू जफत गरिएको छ । आगामी दिनमा पनि यस्ता अभियानलाई निरन्तरता दिँदै नियमविपरीत राखिएका सामग्रीहरुमाथि कडाइ गरिने छ । स्थानीय व्यवसायी तथा सर्वसाधारणलाई सार्वजनिक स्थान अतिक्रमण नगर्न र बजार व्यवस्थापनमा सहयोग गर्न नगरपालिकाले आग्रह गरेको छ ।
