FAQs Complain Problems

खाँदबारी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय

Read More

पृष्ठभूमि

कोशी प्रदेशमा अवस्थित खाँदबारी नगरपालिका संखुवासभा जिल्लाको सदरमुकाम हो। खाँदबारी नगरपालिका समुन्द्री सतहबाट २७८ मिटर(अरुण नदी र सभा खोलाको दोभान) देखी २१७१ मिटर (छ्याङकुटी डाँडा) को उचाईका रहेको छ। भौगोलिक अवस्थितिका हिसाबले यस नगरपालिका २७ डिग्री १६ मिनेट १४ सेकेण्डदेखि २७ डिग्री २७ मिनेट ४४ सेकेण्ड उत्तरी अक्षांश र ८७ डिग्री १४ मिनेट २७ सेकेण्डदेखी ८७ डिग्री ७ मिनेट २६ सेकेन्ड पुर्वी देशान्तरसम्म फैलिएको छ। नेपालका प्रमुख समृद्ध शहरहरूमध्ये खाँदबारी एक सुन्दर र सांस्कृतिक रूपमा विविध शहर हो। २०५३ साल माघ १८ गते, संखुवासभा जिल्लाको सदरमुकाम खाँदबारीलाई तत्कालीन ३ गाउँ विकास समितिहरू मनकामना, पाङ्मा र माल्टालाई गाभेर नगरपालिका घोषणा गरिएको थियो। भौगोलिक रूपमा, यस नगरपालिकामा कुल ११ वडाहरू छन्, जसले १२२।७८ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ। 

यस नगरपालिकाको पूर्वमा सभापोखरी गाउँपालिका, पाँचखपन नगरपालिका र चैनपुर नगरपालिका, पश्चिममा भोजपुर जिल्लाको षडानन्द नगरपालिका, उत्तरमा चिचिला गाउँपालिका र सिलिचोङ्ग गाउँपालिका र दक्षिणमा चैनपुर नगरपालिका रहेको छ । यस नगरपालिकाको क्षेत्रफल १२२.७८ व. कि.मि. रहेको छ । वि.सं. 2078 को जनगणना अनुसार ७५९३ वटा घरपरिवार रहेको खाँदबारी नगरपालिकामा औसतमा प्रति घरपरिवार ४.६९ सदस्य सहितको कुल जनसङ्ख्या ३५,६२८ रहेको छ भने यस नगरपालिकाको जनघनत्व लगभग २९० प्रति वर्ग किलोमिटर रहेको छ ।कुल जनसङ्ख्या मध्ये २,३८२ पुरुष र २,३५२ महिला गरि ४,७३४ जना नगरवासी सहित सहित सबैभन्दा बढी जनसङ्ख्या वडा नं ९ को रहको छ भने ८५१ पुरुष र ८०१ महिला सहित १,६५२ जना सहित सबै भन्दा कम जनसङ्ख्या वडा नं ५ को रहेको छ । लैङ्गिक रूपमा हेर्दा पुरुष १८१०८ र महिला १७५२० रहेको छ ।

खाँदबारी नगरपालिका स्थानिय राजपत्रहरु

सूचना तथा समाचार

Elected Official

महेश थपलिया
नगर प्रमुख
maheshthapaliya091@gmail.com
९८५२०२४०९१, ९८५२०७७८७७
महेश्वरा श्रेष्ठ (बज्राचार्य)
उप– प्रमुख
bajracharya869@gmail.com
९८५२०७७८११, ९८४२४०६०५५

कर्मचारी

पदम प्रसाद बजगाई

प्रमुख प्रशासकीय अधिकृत

९८५२०७६१११, ०२९-५६०१४१

लवहाङ राई

प्रशासकीय अधिकृत / गुनासो सुनुवाई अधिकारी

९८४१६१४६५६

दिनेश कट्टेल

प्रशासकीय अधिकृत / सूचना अधिकारी

९८५२०५१६८८

suchanaadhikari@khandbarimun.gov.np

सेवाहरु

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएकै दिन
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क, भन्दा बढी भएमा रु.१००/-
आवश्यक कागजातहरुः-
  •   सम्बन्धित बच्चाको बाबुको नागरिकता
  •  आमाको नागरिकता
  •   नियमानुसार सूचना दिने व्यक्तिको नागरिकता
  •   सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य ब्यक्ति हुनुपर्ने 
  •   अस्पतालमा भए अस्पतालको कागजात
सेवा प्रकारः- सामाजिक सुरक्षा
सेवा समयः- जेष्ठ नागरिक, दलित जेष्ठ नागरिकको हकमा आगामीतोकिएको समयमा पास हुनुपर्ने ्र वर्ष उमेर पुग्ने चौमासिकमा र अन्यको हकमा सोहि आ।व।को निवेदन पेश गरे पश्चातको चौमासिक सोका लागि सामाजिक सुरक्षासमितिको बैठकबाट पास हुनुपर्ने
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नलाग्ने
आवश्यक कागजातहरुः-
  • एकल महिलाको हकमा ६० वर्ष उमेर पुरा भई निर्देशिका बमोजिम शर्त पुरा भएको र जेष्ठ नागरिकको हकमा ७० वर्ष पुरा भएको नागरिकताको प्रतिलिपी । 
  • बिधवा महिलाको लागि श्रीमान्को मृत्युदर्ता प्रमाण पत्र प्रतिलिपी, अन्यत्रबाट आएको भए बसाई सराई प्रमाण पत्र, पासपोर्ट साईजको २÷२ प्रति फोटो, निवेदन
  • दलित जेष्ठको हकमा ६० वर्ष उमेर पुरा भएको नागरिकता प्रतिलिपी
  • दलित बालबालिका पोषण अनुदानको लागि (जन्मेदेखी पाँच बर्ष) जन्मदर्ता र आमा वा संरक्षकको नागरिताको प्रतिलिपी । 
  • अपा· परिचय पत्रको लागि जिल्ला महिला तथा वालवालिका कार्यालयबाट जारि गरिएको अपा·ता परिचय पत्र, नागरिकता वा जन्म दर्ता प्रमाण पत्र, पुर्ण अपा·को हकमा संरक्षक समेतको २ प्रति फोटो  (सबै लाभ ग्राहीहरुको निवेदनसंग २/२ प्रति फोटो अनिवार्य)

Pages

जानकारी

Khandbari Municipality Office ,

khandbari-1 , Sankhuwasabha 

फोन: ०२९-५६०३४१

Email: info@khandbarimun.gov.np

हाम्रो मोवाइल एपः

 

 

 

 

Khandbari Municipality Office ,

khandbari-1 , Sankhuwasabha 

फोन: ०२९-५६०३४१

Email: info@khandbarimun.gov.np

हाम्रो मोवाइल एपः

 

 

 

 

Khandbari Municipality Office ,

khandbari-1 , Sankhuwasabha 

फोन: ०२९-५६०३४१

Email: info@khandbarimun.gov.np

हाम्रो मोवाइल एपः

 

 

 

 

रोजगारमूलक सेवा