तुम्लिङटार क्षेत्रमा आगलागीको घटना बढ्न थालेपछी खाँदबारी नगरपालिकाको कार्यालयमा रहेको एउटा दमकल तुम्लिङटारमा नै राख्न युवा समाजसेबी देबेन्द्र घिमिरे ज्युको नेतृत्वमा डेलिकेशन आउनुभएका युवाहरुको मागलाई स्वागत र संबोधन गर्नुहुदै नगर प्रमुख महेश थपलियाज्युले तुम्लिङटार बिमानस्थल नजिकै एउटा दमकल राख्ने निर्णय गर्नुभएको छ ।
समाचार
फोटो ग्यालरी
खानेपानी समस्या समाधानका लागि सर्वदलीय छलफल खाँदबारी नगरपालिकाका नगर प्रमुख महेश थपलियाज्युले खाँदबारी नगर बासीहरुले भोग्दै आउनुभएको खानेपानीको समस्यालाई मुख्य एजेन्डा बनाई आज मिति २०८० जेष्ठ १४ गते जिल्ला स्थित प्रमुख राजनीतिक दलका प्रमुखहरु सङ्ग सर्वदलीय छलफल गर्नुभएको छ । माङसिमा खानेपानी आयोजनाको उपभोक्ता समितीको परिमार्जन सहित खानेपानी समस्याको दिगो समाधान कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्नुहुँदै ।
ट्राफिक ब्यवस्थापनको बिषयमा खाँदबारी नगरपालिकाका नगर प्रमुख महेश थपलियाज्यु साथै संखुवासभा ट्राफिक कार्यलय, उद्योग बाणिज्य संघ, चेम्बर अफ कमर्स र खाँदबारीमा संचालनमा रहेका बिभिन्न यातायात ब्यवसायिक संघका जिम्मेवार ब्यक्तिहरु सङ्ग सान्दर्भिक छलफल सम्पन्न भएको छ ।
खाँदवारी नगरपालिका १० नं. वडा कार्यालयकाे नवनिर्मित वडा भवन खाँदबारी नगरपालिकाका नगर प्रमुख श्री महेश थपलियाज्युको बाहुलीबाट समुद्घाटन सु-सम्पन्न भएको छ ।
मिति २०८० वैशाख १० गते
खाँदवारी नगरपालिका ११ नं. वडा कार्यालयकाे नवनिर्मित वडा भवन खाँदबारी नगरपालिकाका नगर प्रमुख श्री महेश थपलियाज्युको बाहुलीबाट समुद्घाटन सु-सम्पन्न भएको छ र वडा नं. ११ का कृषकहरुलाई नगर प्रमुखज्यूले हाते ट्याक्टर पनि वितरण गर्नु भएको छ ।
मितिः २०८० बैशाख ११ गते
जिल्ला स्तरीय राष्ट्रपती रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०७९ मा खाँदबारी नगरपालिकाले २७ स्वर्ण १३ रजत र ४ कास्य सहित प्रथम स्थान हाँसिल गरेको छ ।
विकास निर्माण, सुशासन प्रवर्द्धन र सार्वजनिक सेवा प्रवाह सम्बन्धी सार्वजनिक सुनुवाई कार्यक्रम २०७९ फाल्गुण २८ गते खाँदबारी नगरपालिकाको सभाहल ।
"Digital innovation and technology for gender equality" र " लैङ्गीक समानताको बलियो आधारः सिर्जनात्कम प्रविधिमा महिला पहुँचको विस्तार" भन्ने राष्ट्रिय नाराको साथ ११३ औँ अन्तराष्ट्रिय महिला दिवस सम्पन्न भएको छ ।
२०७९ फाल्गुन २४ गते ।