FAQs Complain Problems

फोटो ग्यालरी

"समृद्ध खादवारी नगर "

वडा बासीकाे आवश्यकता तथा माग लाई मध्यनजर गरि

का वा नगर प्रमुख महेश्वरा श्रेष्ठ बज्राचार्य ज्यु को अगुवाइ मा खाँदवारी नगरपालिका वडा न ११ स्थित वडा कार्यालय वाटनै सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रम ।

मिति २०७९।१०। ०८ गते

, ,

खाँदबारी नगरपालिकाको शिक्षा,युवा तथा खेदकुद शाखाले श्री हिमालय माध्यमिक विद्यालय, खाँदबारीमा आज खाँदबारी नगरपालिका स्तरीय अन्तर माध्यमिक विद्यालय (कक्षा ९-१०) हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा सामुदायिक तथा संस्थागत विद्यालयबाट जम्मा बाह्र वटा विद्यालयहरु सहभागी रहेका थिए । सहभागी विद्यालयहरु मध्ये श्री जालपा माध्यमिक विद्यालय चेवा प्रथम भएको छ भने श्री सनसाइन अंग्रेजी माध्यमिक विद्यालय र श्री कुनिना बोर्डिङ स्कुल सेकाहा क्रमःश दोस्रो र तेस्रो भएका छन् । प्रथम हुने कक्षा १० का छात्र नेल्सन रेग्मी र कक्षा ९ का छात्रा करिना ओझाले प्रमाणपत्र सहित नगद रु ६ हाजारबाट पुरस्कृत भएका छन् । दोस्रो र तेस्रो हुनेले प्रमाणपत्र सहित नगद रु चार हजार र दुई हाजार क्रमःश प्राप्त गरेका छन ।

     शिक्षा, युवा तथा खेलकुद शाखाले हरेक बर्ष अतिरीक्त क्रियाकलाप अन्तर्गत  हाजिरी जवाफ, निबन्द प्रतियोगित, विज्ञान प्रर्दशनी लगायत प्रतिभाको खोजी आदि जस्ता  क्रियाकलाप संचालन गर्दै आएको छ । आगामी पौष २७ गते अन्तर आधारभूत तह (कक्षा ६-८) हाजिरी जवाफ संचालन गर्ने भएको छ ।

, , , , ,

Pages

हाम्रो खाँदबारी नगरपालिका- बृत्त चित्र